काठमाडौँ- कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमण दरका आधारमा अगामी असोज दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपणको विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले सम्भवत: असोज १५ देखि मंसिर महिनासम्म तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको हो । संसदीय समितिमा बुझाइएको प्रतिवेदनमा भनिएको छ, “कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमणको दरलाई हेर्दा तेस्रो लहर सम्भवत असोज १५ देखि मंसिर महिनामा पुन:आउन सक्दछ।”
कोरोनाका भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभुत मापदण्डको पालनाको स्तरले तेस्रो लहर आउने समय केही अगाडि पछाडि धकेल्न सकिने विषयमा पनि समितिमा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले हालको स्थिर संक्रमणको आधारमा हेर्दा आगामी पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण पनि गरेको छ। मन्त्रालयले बुझाएको प्रतिवेदनमा भनिएको छ, “हालको पछिल्ला हप्ताहरुको स्थिर संक्रमणको आधारमा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ।”
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले मन्त्रालयले अबको पाँच महिनाको अवधिमा थपिने नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र ती मध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने अनुमान रहेको जानकारी दिएका छन् ।
असोजसम्म कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने डा लोहनीले जानकारी दिएका छन् ।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप प्राप्त हुने बताए । जापानबाट प्राप्त हुने खोप भदौ पहिलो सातासम्म आइपुग्ने उनको भनाइ छ । यस्तै, लोहनीले कोभ्यास सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुने जानकारी दिएका छन् ।
वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उनको भनाइ छ । चीनबाट अनुदानमा प्राप्त हुने खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी दिए ।
असोजसम्म खरिदबाट ७० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ । नेपालले भारतबाट पहिले नै खरिद गरेको, तर प्राप्त हुन नसकेको १० लाख डोज कोभिसिल्ड खोप भदौको दोस्रो साता प्राप्त हुने लोहनीले बताए । यस्तै, चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोप भदौ मसान्तसम्म प्राप्त भइसक्ने उनको भनाइ छ ।
डा लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिए । जसअन्तर्गत कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उनको भनाइ छ । कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस