काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेले विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।”
उनले माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको बताएका छन् । उनले भने, “उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको लागि प्रयास छ। तर, उहाँले विश्वासको मत दिने पक्षमा कुरा गर्नुभयो। अल्पमतको पार्टी कमिटीको निर्णयलाई मानेर अघि जाने नसक्ने बताउनुभयो।”
उनले जस्तोसुकै परिस्थितिमा आए पनि देउवालाई विश्वासको मत दिने एमालेमा नरहने बताएका छन् । प्रवक्ता ज्ञवालीले भने, “पार्टीलाई एकताबद्ध बनाएर अघि जाने पक्षमा उहाँलाई देखेनौँ। जस्तोसुकै परिस्थितीमा देउवाको पक्षमा मतदान गर्ने एमाले रहँदैनन्।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस