काठमाडौँ- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञाबारे निर्णय गर्न बैठक बस्ने भएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।
तीन जिल्लाका प्रजिअहरुको बैठक आज बस्ने तर समय भने तय भइनसकेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलेजानकारी दिएका छन् ।
यसअघि थपिएको निषेधाज्ञाको अवधि आज मध्यरात १२ बजेबाट सकिन लागेसँगै त्यसबारे निर्णय गर्न बैठक बस्न लागेको उनले जानकारी दिएका थिए ।
अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दूरीका यातायात पनि खुला गर्नेबारे छलफल भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
लामो दुरीका सवारी खुला नगरेको भएपनि विभिन्न बाहनामा सञ्चालन भइरहेको र यात्रुले सास्ती पाएको गुनासो आएकाले त्यसबारे निर्णय गर्नुपर्ने देखिएको जनाए । तर लामो दूरीको सवारी सञ्चालन अन्य जिल्लाहरुसँग पनि सम्बन्धित रहेकोले के गर्ने भन्नेबारे छलफल गरिने उनले बताएका छन् ।
कोरोनाको दोस्रो लहरसँगै काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा विभिन्न समयमा थप गर्दै जारी राखिएको छ । तर, निषेधाज्ञा खुकुलो गरिएको छ । उपत्यकामा सवारी साधन, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् भने शैक्षिक संस्था, फिल्म हल लगायत बन्द रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस