काठमाडौँ- सरकारले अधिकांस देशमा जारी रहेको निषेधाज्ञा केही हदसम्म खुकुलो बनाएको निजी सवारीसाधन जोर-बिजोर गरी सञ्चालन गर्न दिएको छ ।
सार्वजनिकि यातायात व्यवसायीहरु भने निजी सवारीसाधन सञ्चालन अनुमति दिने सरकारको यस निर्णयप्रति असन्तुष्ट छन् । निजी सवारीसाधन मात्र चलाउन दिएर सरकारले भेदभाव गरेको सार्वजनिक यातायात राष्ट्रिय महासंघले बताएको छ ।
काठमाडौँमा पछिल्लोपटक थपिएको निषेधा१ा असार १४ गते सकिँदैछ । त्यसपछि पुनः थप हुन्छ वा हुँदैन भन्ने निर्णय भएको छैन । तर‚ महासंघले भने त्यस दिनदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउनुपर्ने माग गरेको छ ।करिब दुई महिना जारी निषेधाज्ञाले अर्बाैं रुपैयाँ घाटा भएको महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।
उनले भने, “सरकारले निजी सवारीसाधन भने चल्न दियो तर हामीलाई भने विभेद गरियो । किन हामीलाई पेलिएको हो थाहा भएन।” उनले सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएमा पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने दाबी समेत गरेका छन् ।
देशभर सार्वजनिक यातायातसँग जोडिएका ११ लाख श्रमिक भएका र उनीहरूको रोजीरोटी गुमेकाप्रति सिटाैलाले चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार उपत्यकामा करिब चार लाख सवारीसाधन छन् । जसमा यात्रु चढ्ने सवारीसाधन मात्रै साढे तीन लाख रहेका छन् ।
सिटौलाले पसल सञ्चालन गर्न अनुमति दिने सरकारले सवारीसाधन किन सञ्चालन गर्ने नदिएको भन्दै आक्रोस पोखेका छन् । उनले भने, “पसलहरू सबै खोल्न दिइयो, तर हामीले किन सरकारले हेरेन । ११ करोड रुपैयाँ यातायातमा लगानी छ, बैंक र बिमा अफिसले फोन गरेर दबाब दिइएको छ, तिर्ने पैसा छैन, साधन चलेका छैनन्, कसरी तिर्ने?”
निषेधाज्ञा अवधिभर सबै सवारीका ब्लुबुक, लाइसेन्स नवीकरणमा पूर्ण छुट दिनुपर्ने पनि उनको माग छ । गत बिहीबार यातायात मजदुरलाई कोभिड–१९ विरुद्ध खोप व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउनुपर्ने भनी महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेट गरी माग गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस