काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले मनसुन नेपाल प्रवेशसँगै लगातार भइरहेको वर्षाका कारण केही नदीमा पानीको सतह बढ्दै गएको छ। जसले गर्दा २७ जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएकाे छ।
केही नदी तथा खोलामा आकस्मिक वहाव बढ्नसक्ने देखिएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही नदीमा भने बिहानैबाट पानीको वहाव बढेको छ ।
चिनियाँ क्षेत्रमा अत्यधिक वर्षा र पहिरोको कारण नदीको वहाव छेकिएको छ। नदीको वहाव खुल्दा तामाकोशी नदीमा बाढी आउनसक्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय, दोलखाले सूचना जारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै, महाशाखाले महाकाली र त्यसका आसपासका सहायक नदीमा पानीको वहाव सतर्कता तहसम्म पुगेको जनाएको छ। कोशी, नारायणी, कर्णाली र सहायक नदीमा पनि पानीको सतह बढ्दै गएको छ ।
कोशी, कर्णाली र महाकाली तथा सहायक नदीमा बाढीको उच्च जोखिम रहेको महाशाखाकाले जानकारी दिएको छ। त्यस्तै, पश्चिम राप्ती र बबईमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाको प्रक्षेपण गर्दै जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा २७ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ । जसमा बागमतीका दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, गण्डकी प्रदेशका गोरखा, मनाङ, पर्वत, बागलुङ, म्याग्दी र नवलपुर रहेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया र पाल्पामा बाढीको उच्च जोखिम रहेको छ । महाशाखाका अनुसार कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ र दार्चुलामा बाढीको उच्च जोखिम रहेको छ ।
अन्य केही जिल्लामा पनि बाढीको जोखिम रहेको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस