काठमाडौँ- आज र भोलि काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोलि काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने जानकारी दिएका छन् ।
उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो ।
कुँवरका अनुसार खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरिएको थियो । उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः संचालनमा ल्याउन लागेको बताउँछन् ।
उनका अनुसार महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ ।
खोप लगाउन वीर अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पतालमा खोप लगाइनेछ । पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस