काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालमा धेरै नै प्रभाव पारिरहेकोले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप आपूर्तिका लागि अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाललाई खोप सहयोग गर्न र खरिदका लागि प्रबन्ध मिलाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन् ।
राष्ट्रपतिको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे जानकारी गराएका थिए ।
दूतावासले जवाफमा मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको जनाएको छ ।
राष्ट्रपतिले केही दिन यता आफ्ना समिकक्षीहरुसाग निरन्तर खोपका लागि पत्राचार र टेलिफेन सम्पर्क गरिरहेकी छन् । यस अघि नै भारतलाई पत्राचार गरिसकेको छ भने चीनसाग टेलिफेन वार्त गरेकी थिईन् ।
त्यसलगतै चीनले १० लाख खोप तत्काल दिने घोषणा गरेको थियो । खोप लिनको लागि नेपाल वायु सेवा निगमको वाईडवडि चीन प्रस्थान गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस