काठमाडौँ- नेपालको प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संसदको सबैभन्दा ठूला दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले भोलि राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली गत सोमबार स्वतः पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तीन दिनको समय दिएकी थिइन् ।
उक्त तीन दिनको समय आजै राति नौ बजे सकिएको छ। तिन दिनको समयमा विपक्षी दलहरु कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले बहुमत जुटाउन नसक्दा ओली नै संसदको सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस