काठमाडौँ- काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण नघटेपछि फेरि निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ ।
कोरोनाभाइरसको संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो । दुई साता लामो निषेधाज्ञा ३० वैशाखमा सकिँदै छ ।
कोरोना संक्रमण नरोकिएपछि फेरि निषेधाज्ञा थप्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यसका लागि आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको बताए । प्रजिअ पराजुलीले भने, “कोरोना संक्रमण नघटेकाले उपत्यकामा निषेधाज्ञा थप्न लागेको हौं। कति दिन थप्ने भन्ने निर्णय गर्नका लागि बैठक बस्दै । ”
यसअघि सोमबार नै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो । त्यहि सिफारिशलाई आधार बनाएर आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने भएको हो ।
काठमाडौंसँगै देशका अन्य जिल्लामा संक्रमण घटेको छैन । सोमबार देशभर नौ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण नियन्त्रणका लागि अहिले देशभरका ६९ जिल्लामा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम कम रहेका आठ जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस