काठमाडौँ- माधव नेपाल पक्षले नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष निकालेको छ । एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो ।
आइतबार राति विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा आउनै नचाहेको निष्कर्षमा पुगेका थिए । पार्टीलाई एकताबद्ध बनाउन अझै पनि पर्खने भन्दै नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्म कुर्ने जनाएको छ । ओलीसँग नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र आगामी दिनमा सहमतिका साथ अगाडि बढाउने दुईबुँदे प्रतिबद्धता मागेको छ।
नेपाल पक्षका नेता योगेश भट्टराईले भन। “हामीले आजको बैठकबाट पनि अध्यक्षलाई २०७५ जेठ २ को अवस्थामा फर्किएर संगठन र पार्टीको जीवन सुचारु गर्न र पार्टीलाई सहमतिका आधारमा सञ्चालन गर्न ध्यानाकर्षण गराएका छौंं, त्यसका निम्ति उहाँलाई (वैशाख) २७ गते बिहान ९ बजेसम्मको समय दिएका छौं ।”
त्यति बेलासम्म पनि अध्यक्ष ओलीबाट प्रतिबद्धता नआए कठोर निर्णय गर्ने भन्दै सांसद पदबाट राजीनामा दिएर बाहिरिने उनले संकेत गरेका छन् । उनले सबै सांसदलाई सोमबार बिहान संसद् सचिवालयमा बोलाइएको समेत बताए । प्रधानमन्त्रीसमेत रहेका ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।
नेता भट्टराईले एकपटक नेता नेपालले फोनमै भए पनि ओलीसँग फाइनल कुरा गर्ने र त्यही आधारमा अघि बढ्ने निर्णय भएको बताएका छन् । बैठकमा उपस्थित अधिकांश सांसदले विवाद मिलाउन ओली नै तयार नभएको निष्कर्ष निकालेका थिए । ओलीले आफूहरूलाई जसरी पनि पेल्ने, आत्मसमर्पण गराउन खोज्ने र पार्टीबाट हटाउनुपर्छ भन्ने अडान लिएपछि सांसद पदबाटै राजीनामा दिएर कार्यकर्तामाझ जानुको विकल्प नभएको उनीहरूले बताएका थिए ।
उनीहरूले विवाद मिलाउनुभन्दा विज्ञप्ति जारी गरेर ओलीले मजाक गरेको आरोपसमेत लगाए। नेपाल समूहको संसदीय दलको बैठक बसिरहेका बेला ओलीले विज्ञप्ति जारी गरेर पार्टीका केही व्यक्तिको ईश्र्याका कारण कसैले पनि राजीनामा दिन नहुने बताएका थिए । सो विज्ञप्ति हेरेपछि नेपाल पक्ष झन् आक्रोसित भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस