नेकपा एमाले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासको गतिमा अघि बढेको बताए । मुख्यमन्त्री राईले नेकपा (एमाले) भोजपुर काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित भित्ते पात्रो सार्वजनिक कार्यक्रममा नेकपाको सरकारले ३ वर्षमा विकासको उल्लेख्य काम गरेको उल्लेख गरे ।
सरकारले चुच्चे नक्सा सार्वजनिक देखि लिएर, रानी पोखरी पुन: निर्माण सम्पन्न, मेलम्चीको पानी, धराहरा पुन: निर्माण लगायत बाटो -घाटो पुल पुलेसा निर्माणमा कुनै पनि कसर बाँकी नराखेको बताए । आफनैं पार्टीका केही तत्वहरुले देश समृद्ध बनाउनमा अवरोध गरीरहेको धारणा राख्दैं समृद्ध नेपाल निर्माणमा वर्तमान सरकार पछि नहट्ने दाबी गरे ।
त्यसैगरी पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले नेकपा (एमाले) गाउँ वस्तीबाट एक भई र्जुमुराइरहेको बताए । उनले जनतामा एमाले प्रतिको मोह, त्याग फैलिदो रहेकोले आफनो पार्टी समृद्ध नेपाल निर्माणमा कुनै पनि हालतमा नचुक्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री राईकी धर्मपत्नी एवम् प्रदेश १ की प्रथम महिला जांमु इन शेर्पा, प्रदेश सम्पर्क संगठन कमिटी अध्यक्ष ईन्द्र भण्डारी, पूर्व केन्द्रिय सदस्य पासाङ दोर्ची शेर्पा, प्रदेश सम्र्पक संगठन कमिटी सदस्य तथा पूर्व अध्यक्ष द्धय पारुहाङ्ग राई, रेजिन श्रेष्ठ, देश सम्पर्क संगठन कमिटी सदस्य शशी रोकाया लगायतका नेताहरुको उपस्थिति थियो भने भोजपुरबाट आएर काठमाडौं बस्दै आएका भोजपुरेहरुको बाक्लो उपस्थिति थियो ।
मञ्चका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले देश विकास, समृद्ध नेपाल निर्माणमा पार्टीले खुट्टा कमाउन नहुने बताए । अब जनताले पार्टी ईतिहास र काम हेरेर भोट हाल्ने समेत दाबी गरे । वर्तमान सरकारको हातमा चुनौती र अवसर दुवैं रहेको हुँदा दुरगामी योजना बनाएर अघि बढन समेत सुझाए ।
सम्पर्क मञ्च पुर्नगठन भएपछि मञ्चले पहिलोपटक शुभकामना आदानप्रदान, चियापान, प्रशिक्षण तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रमको सञ्चालन मञ्चको सचिव फूर्बा तेन्जिङ शेर्पाले गरेका थिए भने स्वागत कोषाध्यक्ष ढोकल आले मगरले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस