काठमाडौं-तत्कालै सरकार त्याग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेता माधवकुमार नेपालले दवाब दिनुभएको छ ।
व्यापारी तथा ठेकेदार टपेन्द्र कार्कीको घरमा प्रचण्ड र माधवको आज बिहान भेट भएको हो । माधव निकट एक नेताले दिएको जानकारी अनुसार तत्कालै सरकार छाड्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन वाध्य पार्न माधवले दवाब दिनुभएको हो ।
आफ्नो गुटभित्र तिब्र विवाद उत्पन्न भएपछि आपतविपतमा पर्नुभएका एमाले नेता माधवले माओवादीले सरकार त्योगमा केपी ओली दवाबमा पर्ने र एमालेभित्र आफूहरुलाई सजिलो हुने भन्नुभएको छ ।
माधव निकट नेताको भनाई छ-‘ओली सरकार ढाल्न जति ढिलाई हुन्छ, ओलीलाई विश्वासको मत लिन वाध्य पार्ने काम जति पर धकेलिन्छ, ओली त्यति बलियो हुन्छन् भन्ने माधव कमरेडको भनाई छ ।’
माधव गुटभित्र एमालेमै बस्ने कि प्रचण्डको पार्टीतिर लाग्ने भन्ने चर्काे विवाद भइरहेको छ । आज बस्ने संसदीय दलको बैठकमा सांसद्हरुलाई जानबाट रोक्ने प्रयास पनि जारी रहेको छ । प्रचण्डले ‘स्टेप’ नचाल्ने हो भने आफ्नो साथमा रहेका सांसद्हरु भटाभट एमालेमा जाने माधवको भनाई रहेको बुझिन्छ ।
‘माओवादी केन्द्रले सरकार छोड्नुपर्यो भन्न माधवले भेट्नुभएको हो’– माधव निकट नेताहरुको भनाई छ ।
आफ्नो पक्षका ठूलो संख्याका सांसद्हरुले एमाले नछाड्ने भन्न थालेपछि माधव नेपाल समस्यामा पर्दै आउनुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस