काठमाडौं-तीन तहका सरकारमध्ये आमनागरिक सबैभन्दा बेसी स्थानीय सरकारसँग सन्तुष्ट रहेको अध्ययनले देखाएको छ ।
‘सेयरकास्ट इनिसियटिभ नेपाल’ले गरेको अध्ययनअनुसार केन्द्र सरकारसँग भने आमनागरिकमा सबैभन्दा बेसी असन्तुष्टि छ । गत फागुन ९ देखि २३ गतेको बीचमा गरिएको अध्ययनमा सहभागीमध्ये आधाले आफू बस्ने पालिकाको कामप्रति सन्तुष्ट रहेको जवाफ दिएका छन् ।
सहभागी पाँच हजार ८२ जनामध्ये ५० प्रतिशत उत्तरदाताले स्थानीय तहका कामप्रति सन्तुष्ट रहेको जवाफ दिए । २७.४ प्रतिशतले सन्तुष्टि/असन्तुष्टि केही पनि नरहेको बताएका छन् भने २१.२ प्रतिशत असन्तुष्ट छन् । सहभागीमध्ये १.३ प्रतिशतले भने यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको र भन्न पनि नचाहेको बताएका छन् ।
स्थानीय तहको कामप्रति लुम्बिनी प्रदेशका बासिन्दा सबैभन्दा बेसी सन्तुष्ट छन् । लुम्बिनी प्रदेशका ५९.८ प्रतिशत, प्रदेश १ का ५१.३ प्रतिशत, बागमती प्रदेशका ५१.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशका ५०.६ प्रतिशत, गण्डकी प्रदेशका ४९.६ प्रतिशत, प्रदेश २ का ४२.३ प्रतिशत र कर्णालीका सबैभन्दा कम ३९.९ प्रतिशत उत्तरदाता स्थानीय तहको कामप्रति सन्तुष्ट देखिएका छन् ।
स्थानीय तहका कामप्रति सबैभन्दा बढी सन्तुष्ट रहेको संख्यामा असन्तुष्ट हुने नागरिकको संख्या कम छ भने सबैभन्दा कम सन्तुष्ट हुने प्रदेशमा असन्तुष्ट हुनेको संख्या धेरै छ । कम उमेर समूहका नागरिक स्थानीय तहले गरेका कामसँग धेरै सन्तुष्ट देखिन्छन् भने बढी उमेरसमूहका नागरिक असन्तुष्ट छन् ।
तथ्यांकमा २५ देखि ३४ वर्ष उमेरसमूहका सहभागी स्थानीय तहका कामप्रति सन्तुष्ट छन्, ६० वर्षभन्दा माथिका नागरिक सबैभन्दा बढी असन्तुष्ट छन् ।
स्थानीय तहको तुलनामा संघीय सरकारका कामप्रति सन्तुष्ट हुनेको संख्या भने ठीक विपरीत छ । केन्द्रले गरेको कामप्रति सन्तुष्ट हुनेको संख्या ३०.५ प्रतिशत छ भने असन्तुष्ट २६.९ प्रतिशत छन् ।
सन्तुष्ट पनि नहुने र असन्तुष्ट पनि नहुनेको संख्या ३१.७ प्रतिशत छ । केन्द्र सरकारका कामबारे थाहा नै नभएका वा भन्न नचाहनेको संख्या १०.८ प्रतिशत छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस