काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै संसद्मा ठोस तयारीसाथ क्षमता प्रस्तुत गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जनताका आवाजलाई संसद्मा मुखरित गर्न सांसदहरू प्रतिस्पर्धी र अब्बल हुनुपर्नेमा जोड दिनुभएको संसदीय दलले जनाएको छ । उहाँले राजनीतिक खिचातानीका कारण सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीको ध्यान पुग्न नसकेको चर्चा गर्नुहुँदै भन्नुभयो, “सांसदहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् हो । त्यसका लागि ठोस तयारी गर्नुस् ।”
संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीले सङ्क्षिप्त कुरा राख्नुभयो । उहाँले सांसद सङ्ख्याको चिन्ता नलिन आग्रह गर्नुहुँदै चोइटिएकाहरूको नियत पटाक्षेप हुँदै जाँदा क्रमशः सांसद सङ्ख्या १३० सम्म पुग्ने बताउनुभयो ।” मुख्य सचेतक भट्टराईका अनुसार दलको बैठकमा राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ८७ सांसद गरी १११ जनाको उपस्थिति थियो ।
दलको जानकारीमै सांसद बिन्दा पाण्डे, शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा र शान्ति पाख्रिन कामविशेषले बाहिर रहनुभएकाले जम्मा ११५ सांसद आफ्नो पक्षमा रहेको मुख्य सचेतक भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उत्साहजनक रूपमा दलको बैठक सम्पन्न भएको बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस