काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आव्हान गर्नुभएको हो ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसद आव्हानको विषयमा छलफल गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीकाअनुसार अस्तीको बैठकमा सामान्य छलफल भएपनि आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद आव्हानको राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद बैठक आव्हानको परमादेश गरेपछि मन्त्रिपरिषदको आजको बैठकले संसद आव्हानको सिफारिस गरेको हो । राष्ट्रपति कार्यालयले केही बेरमा संसद आव्हानको औपचारिक विज्ञप्ती जारी गर्ने प्रमुख स्वकीय सचिव अधिकारले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस