काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । पार्टीको आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसलालाई स्वागत गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
समग्र विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको वैठक र संसदीय दलको वैठक बोलाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकले सर्वौच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि पनि पार्टीले देशका विभिन्न भागमा निर्धारित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सो बैठकले कार्यक्रमलाई निरन्तरता दिए पनि स्वरुप परिवर्तन गरिने बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो । पत्रकारहरुले पार्टी एकताको सम्भावनाबारे राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीले पार्टीको एकतालाइ ध्यानमा राखेर कतिपय विषयमा गम्भीर मतभिन्नता भए पनि कसैलाई कारवाही नगरेको र पार्टीलाई एकताबद्ध गरेर लाने प्रयास जारी रहेको बताउनुभयो ।
यो फैसलापछि आगामी दिनमा मुलुकको राजनीति कता जान्छ भन्ने विषय पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । नेपाली जनताले मुलुकमा स्थिर सरकार र बलियो राजनीतिक दल चाहेको बताउनुभयो । मुलुकले लिएकाे नीति अवरुद्व नहुने सुनिश्चितताका लागि प्रधानमन्त्रीले राजनीतिक दललगायत सबैसँग छलफल गर्ने उहाँले बताउनुभयो ।
मुलुकलाई अन्योलमा राख्न हुन्न भन्ने आफूहरुको मान्यता भएकोले प्रधानमन्त्रीले त्यसैअनुसार अगाडि बढने प्रवक्ता ज्ञवालीले पत्रकारलाई जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस