काठमाडौँ, फागुन – नेपाल आयल निगमले एक हप्तामै दुुई पटक पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विरोध चर्किएको छ । बिहीबार बबरमहलस्थित निगमको कार्यालयमा विद्यार्थीले धर्ना दिई मूल्य वृद्धि फिर्ता लिन ज्ञापनपत्र बुुझाए ।
कोरोनाको महामारीमा पनि जथाभावी कमिसन र कर थोपरेर उपभोक्तालाई मारमा पारेको भन्दै मूल्य वृद्धि फिर्ताका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
(अनेरास्वीयु) ले ज्ञापनपत्र बुझाएको हो । तर निगमले भने मूल्य वृद्धि स्वाभाविक र नियमित प्रक्रिया रहेको जनाएको छध्र
निगमले विगत डेढ महिनादेखि चार पटक निरन्तर पेट्रोलयम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । डेढ महिनाअघि प्रतिलिटर १०६ रहेको पेट्रोललाई अहिले ११४ रुपियाँ पु¥याएको छ । डिजेल पनि सोही अनुपातमा वृद्धि गरेको छ । एलपी ग्यासको प्रतिसिलन्डर २५ रुपियाँ वृद्धि गरेको थियो । आन्तरिकतर्फको हवाई इन्धन पनि वृद्धि गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएका कारण नेपालमा वृद्धि भएको निगमले जनाएको छ । भारतमा पनि निरन्तर बढिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुुभयो । उहाँले भन्नुुभयो, “अहिले अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहेको छ, नेपालमा मात्र निगमले मूल्य बढाएको होइन, अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गरियो ।
उहाँले अरू बढ्ने सङ्केत गर्दै निगमले घाटा बेहोरेर परिस्थितिअनुसार समायोजन गरेको भए पनि अहिले ग्यासमै प्रतिसिलिन्डर २९५ र डिजेल पेट्रोलमा पनि घाटा नै रहेको जनाउनुभयो ।
पन्ध्र दिनअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो भने अहिले ६५ डलर पुुगेको छ । निरन्तरको घाटा हल्का कम गर्न स्वचालितमूल्य सूचीअनुसार समायोजन गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणालीअनुसार हरेक १५, १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिन्छ । निगमले माघ ५, २८ र फागुुन ४ गते मूल्य वृद्धि गरेको थियोध्र
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२, ५३ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रतिलिटर ११४ रुपियाँमा बेच्छ । डिजल प्रति लिटर करिब ५३, ५४ रुपियाँमा खरिद गर्छ र ९७ रुपियाँमा बिक्री गर्छ ।
खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएको छ । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७ पैसा लिन्छ । पम्पलाई पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ ३९ पैसा र डिजेलमा प्रतिलिटर तीन रुपियाँ १२ पैसा कमिसन दिइन्छ ।
निगमका अनुसार पेट्रोलियम पदार्थमा करको मार चर्को छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ, वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइन्छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याज लगायतका कर र खर्च पनि मूल्यमा नै समेटिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस