काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिस भिन्दाभिन्दै हो भन्ने जानकारी पनि नहुनेले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरेको भन्दै कटाक्ष गरेका छन् । उनीहरूले कस्तो संविधान र कानुन पढेर संसद् विघटनको विपक्षमा बहस गरेका छन् भन्दै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।
शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णय संविधान र कानुनको कुन आधारअनुसार हुनुपर्छ भनेर लेखिएको छ भन्दै देखाइदिन चुनौतीसमेत दिएका छन् ।
‘मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुनको धारा खुलाएर निर्णय गर्नुपर्छ भन्ने कुरा संविधानको कुन धारा र नियमावलीमा छ ? त्यति त बहस गर्न जान्ने (वकिल)लाई थाहा हुनुपर्ने हो ।
उहाँहरूको जस्तो ३ बजे अविश्वास दर्ता गराएर बिहान १०.३० बजे लेखाउन लुकेर किर्ते सनाखत गरेर चल्ने हाम्रो चलन छैन । हामीले मन्त्रिपरिषद्को निर्णय गर्दा नेपालको संविधानबमोजिम प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनमा जाने निर्णय गर्यौँ,’ ओलीले भने ।
सर्वोच्च अदालतको शुक्रबारको संवैधानिक इजलासमा विघटनको विपक्षमा बहस गर्ने वकिलहरूले मन्त्रिपरिषद्को निर्णयको सक्कल कपीमा विघटनबारे संविधानको धारा नै उल्लेख नभएको, तर राष्ट्रपतिबाट सार्वजनिक विघटन सदर गर्ने निर्णयमा भने संविधानको धारा उल्लेख भएको भन्दै प्रश्न उठाएका थिए ।
ओलीले संवैधानिक इजलास हेर्ने न्यायाधीशलाई प्रधानमन्त्रीले बालुवाटारमा भेटेको सूचना प्रमाणित गरेर देखाउन चुनौती दिए । ‘योभन्दा झुट, बढी ठूलो बेइमानी के हुन्छ ? न्यायप्रणालीमाथि जनताको विश्वास हटाउनका लागि, न्यायप्रणालीमाथिको यो गम्भीर प्रहार भन्दा घिनलाग्दो के हुन्छ ?’ ओलीको प्रश्न थियो ।यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस