काठमाडौं-पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गरेका छन् । शनिबार दिउँसो कांग्रेस सभापतिसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपाभित्रको टकराव दुर्घटनाउन्मुख भएको निष्कर्ष सुनाउँदै नयाँ सहकार्यका लागि आग्रह गरेका हुन् ।
नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक दर्जन गम्भीर अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा पर्ने अवस्था छ । ओलीले सकेसम्म संसदीय दलमा बहुमत पु¥याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्नेसम्मको विकल्पमा परामर्श गर्दै आएका छन् ।
संसदीय दलमा बहुमत सिद्ध गरेमा ओलीको प्रधानमन्त्री पद सुरक्षित हुनेछ । तर, दलमा बहुमत नपुग्ने अवस्थामा उनले नयाँ दल सिर्जना गर्न सक्छन् जसका लागि उनले नयाँ गठबन्धन बनाउनुपर्नेछ ।
संवैधानिक आयोगमा नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाले आफूसँगै रमेश लेखकलाई पनि लगेका थिए, खासमा कानुनी विषयमा पनि सहयोग पुग्छ भनेर देउवाले लेखकलाई लिएर हिँड्ने गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए । भेटको विषयमा कांग्रेस नेतृत्वले आफ्ना समूहका शीर्ष नेताहरूसँग विषयवस्तु साझा गरेका छन् । कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल भएपछि ओलीले भनेका थिए, ‘म एकैछिन तपाईं (देउवा)सँग छुट्टै कुराकानी गर्न चाहन्छु ।’
यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस