काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले एकको बदला दश कदम अगाडि बढ्ने चेतावनी दिएपछि आइतबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक कदम पछाडि हटेका छन् ।
तर, नेकपामा उत्पन्न राजनीतिक संकट र पार्टी विभाजनको खतरा भने अझै टरेको छैन । ओली र प्रचण्ड–नेपाल दुवै समूहले सम्भावित कदम र त्यसको प्रभावबारे विमर्श थालेका छन् । स्थायी कमिटीले गरेको कार्यविभाजनअनुसार ओली अगाडि नबढेको प्रचण्ड–नेपाल समूहको आरोप छ ।
ओलीले आफूनिकट नेताहरूसँग बालुवाटारमा र प्रचण्डले सचिवालयका ६ सदस्यसँग पछिल्लो राजनीतिक अवस्था र विकल्पबारे खुमलटारमा परामर्श गरेका छन् ।
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको तीन घन्टा लामो भेटघाटले नेकपाभित्र थप आशंकाहरू पैदा भएका छन् । आइतबारको घटनापछि दुवैपक्ष थप रणनीतिका लागि सोमबारदेखि सघन संवादमा जुट्ने तयारीमा छन् ।
कर्णाली मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक कदम पछाडि हटेपछि आइतबार नेकपामा अप्रिय दुर्घटनाको अवस्था आएन ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीनिकट दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी गरिरहेकै वेला प्रधानमन्त्री ओलीले जवाफी कदम चाल्ने चेतावनी दिएपछि प्रचण्ड–नेपाल एक कदम पछि हटेका थिए ।
१२ दिनपछि शनिबार बालुवाटारमा भएको भेटवार्ता तिक्ततामा टुंगिएपछि प्रचण्डले वरिष्ठ नेता नेपालसँगको परामर्शमा कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरेर ओलीमाथि दबाब सिर्जना गर्ने तयारी गरेका थिए ।
तर, त्यस्तो जानकारी पाएका प्रधानमन्त्री ओलीले शनिबार बिहान टेलिफोन गरेर एकता भत्किने गरी कुनै कदम चालिए ठूलै जवाफी ‘एक्सन’ लिने र पार्टी नै विभाजित हुन सक्ने चेतावनी दिएपछि प्रचण्डले निकट नेताहरूलाई छलफलका लागि खुमलटार बोलाएका थिए । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस