काठमाडौँ-सरकार र पार्टीभित्रका दर्जनौँ मुद्दा किनारा लगाउँदै तिक्ततापूर्ण मनमुटावमा उत्रेका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १२औँ दिनमा भेट भएको छ ।
कर्णाली विवाद समाधानबारे ४ कात्तिकको बिहान भेट र साँझ टेलिफोनमा तिक्ततापूर्ण संवाद गरेका ओली–प्रचण्डबीच मनमुटाव बढेको थियो । तर, शनिबार भएको संवादमा सचिवालय बैठक बोलाउने विषयमा भने ठोस सहमति भएको छैन ।
भेटमा प्रचण्डले पार्टीभित्र देखापरेका पछिल्ला समस्या र असमझदारीका विषयमाथि केन्द्रीय सचिवालय बैठकमा छलफल गर्न प्रस्ताव गरेका छन् ।
कर्णाली प्रदेशको समस्या, भारतीय गुप्चतर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्सा झडपमा मुकेश चौरसियाको हत्या तथा कोभिड– १९ को समस्याका विषयमा केन्द्रीय सचिवालय बैठकको एजेन्डा बनाएर छलफल गर्नुपर्ने प्रचण्डको प्रस्ताव थियो ।
तर, प्रचण्डको त्यस्तो प्रस्तावप्रति प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएको उनी निकट एक नेताले बताएका छन् ।
‘पार्टीभित्र उत्पन्न पछिल्लो समस्या र केही आशंकासहित विवादास्पद बनेका पछिल्ला घटनाक्रमसँग जोडिएका विषयलाई भेटमा उहाँले सचिवालयमै छलफल गर्न प्रस्ताव गर्नुभयो,’ प्रचण्डलाई उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘तर, सचिवालय बैठक कहिले बस्ने र के–के विषयमा छलफल गर्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट कुनै ठोस जवाफ आएको छैन ।’
यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस