काठमाडौँ-भारतीय खुफीय एजेन्सी ‘रअ ‘का प्रमुख सामन्तकुमार गोयल आएको दुई साता भित्रै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणे काठमाडौँमा आउदैछन
नेपालसंग कूटनीतिक संवाद गर्न भारतले आलटाल गरिरहेको छ भने भारतीय खुफिया र सेनाका हाकिमहरुले काठमाडौँमा न्यानो स्वागत पाइरहेका छन्।
सैनिक प्रबक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार नरभणे १९ कार्तिकमा काठमाडौँ आइपुग्नेछन। उनलाई २० कार्तिकमा नेपाली सेनाको मानार्थ महारथीको रुपमा राष्टपति बिद्या भण्डारीले सुशोभित गर्नेछिन्।
भारतीय सेनाध्यक्षाले सोहि दिन राष्ट्रपति भण्डारीसंग शिष्टाचार बार्ता सम्पन्न गर्नेछन। त्यस्तै उनले समकक्षी पूर्णचन्द्र थापासंग जंगी अड्डामा प्रतिनीधिमण्डलस्तरीय द्विपक्षीय तथा एकान्त वार्ता गर्नेछन।
भोलिपल्ट स्वदेश फर्कने उनले प्रधानमन्त्री केपी ओलीसंग भेटवार्ता गर्नेछन भने शिवपूरी स्थित नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरुलाई सम्बोधन गर्नेछन। त्यसैक्रममा उनले अन्तरराष्ट्रिय ,क्षेत्रीय र नेपाल-भारत द्विपक्षीय सुरक्षा वातावरण बारे भारतको पछिल्लो धारणा राख्नेछन।
श्रोतका अनुसार सेनाध्यक्ष नरभणेमार्फत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश आदान-प्रदान हुनेछ। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस