चितवन-गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।
महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो ।
महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिनुभयो ।
फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस