काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले विपदबाट प्रभावित भएकाहरुको घर पुनःनिर्माण र पुनःस्थापनसम्बन्धि कार्यविधिले पूर्णता पाउने वित्तिकै घर निर्माणको कामले तिब्रता पाउने बताउनुभएको छ ।
सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आठौँ बैठकमा गृहमन्त्री थापाले यसपटक विपद्का कारण जनधनको ठुलो क्षति भएको जानकारी गराउँदै झण्डै एक हजार घर पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त बैठकमा प्रभावितको घर पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी कार्यविधिको मस्यौदा प्रस्तुत गरेको थियो ।
मस्यौदामा केही कुराहरु अझै अपुग भएकाले आएका सुझावका आधारमा परिमार्जन गर्नुपर्ने मन्त्री थापाले सुझाव दिनुभएको छ ।
प्राप्त विवरण अनुसार यो वर्ष विपद्मा झण्डै ५०० मानवीय क्षति भएको र थुप्रै घाइते भएका छन् । विवरणमा ५०० कै हाराहारीमा घर क्षति भएको जनाइएको छ ।
गृहमन्त्री थापाले घर क्षति भएको तथ्याङ्क अझै अपुरो रहेकाले त्यो भन्दा धेरै नै क्षति रहेको जिकिर गर्नुभयो । मन्त्री थापाले भन्नुभयो, “अहिलेको तथ्याङ्क अपुरो छ, हजारौँ आवास जोखिमपूर्ण अवस्थामा छन्, उनीहरुलाई पनि स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ ।”
जनताको आवास पुनःनिमाण र संरक्षणमा राज्यको जिम्मेवारी रहेकाले त्यसको काम कसरी सम्पादन गर्ने भन्ने विषय कार्यविधिमा उल्लेख रहेको बताउँदै मन्त्री थापाले कतिपय अपर्याप्ततालाई पूर्ण गराउन सुझाव दिनुभयो ।
उहाँले यसपटकको क्षतिलाई समेत जोडेर पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्थलगत अध्ययनको तथ्याङ्क आएपछि र कार्यविधि पारित भएपछि कति घर पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लाग्ने मन्त्री थापाले बताउनुभयो । मन्त्री थापाले कार्यविधि मन्त्रिपरिषदबबाट टुङ्ग्याउने जानकारी दिनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कार्यविधिमा क्षति भएका र जोखिम भएका घरको पुनःनिर्माण र प्रभावित समुदायको पुनस्थापनका विषय समेटिएको जानकारी दिनुभयो । बैठकमा स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलगायत विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस