काठमाण्डौ – कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे/नगरेको जस्ता विषयमा अनुगमन थालिएको हो । बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै जारी रहने जनाइएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाई गरी छाडिएको तर आगामी दिनमा दोहोरिएमा कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँले कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा अस्थायी जाँचचौकी राखी सवारी साधनको अनुगमनलाई तीव्रता पारेको जानकारी दिनुभयो ।
भाडाका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ । यातायात व्यवसायी तथा सञ्चालकलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारी साधन चलाउन, सवारीमा यात्रु कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न भनिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस