काठमाडौं-भारतको जयनगरबाट ओहोरदोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ । १० वर्षअघि भएको सम्झौताअनुसार भारत सरकारले अनुदानमा रेलगमार्ग बनाइदिएको छ भने रेलगाडी नेपाल सरकार आफैँले किनेको हो ।
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको क्रममा सन् २०१० मा माधव नेपाल नेतृत्वको तत्कालीन नेपाल सरकार र मनमोहन सिंह नेतृत्वको भारत सरकारबीच पाँच नाकामा अन्तरदेशीय रेलमार्ग बनाउने समझदारी भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छ[पेको छ।
समाचार अनुसार जयनगर–जनकपुर–बर्दिबास, जोगबनी–विराटनगर, नौतनवा–भैरहवा, नेपालगन्ज रोड–नेपालगन्ज, न्यु जलपाइगुडी–काँकडभिट्टा रेल निर्माणका लागि त्यसवेला सम्झौता भएको थियो । रेलमार्ग निर्माणका लागि आवश्यक सात अर्ब रुपैयाँ भारतले अनुदान दिने सम्झौता भएको थियो ।
त्यसपछि २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म दुई वर्षअघि अर्थात् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य थियो । तर, पहिले निर्माणमा ढिलाइ भयो, पछि रेल गाडी खरिदमा । त्यसैले निर्धारित समयभन्दा दुई वर्षपछि रेल आएको हो ।
अहिले जयनगरबाट जनकपुरसम्म–कुर्थासम्म ३४ किलोमिटरमा रेल सञ्चालनका लागि तयार भएको छ भने यही रेलमार्गको जनकपुरबाट बर्दिबासखण्डको ३५ किलोमिटर निर्माण हुन बाँकी छ ।
कुर्थादेखि बिजलपुरासम्म १८ किलोमिटरमा रेलमार्गको लिग बिछ्याउने काम भइरहेको छ । बिजुलपुराबाट बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण हुन नै बाँकी छ ।
आगामी डिसेम्बर २०२० अर्थात् आगामी पुससम्म बर्दिबाससम्म रेलमार्ग सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिलेसम्म मुआब्जाको नै टुंगो लागेको छैन । भारतको इरकन इन्टरनेसनल कम्पनीले रेलमार्ग निर्माण गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस