काठमाडौँ-प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिना भित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरुको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको हो ।
समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको उचित व्यवस्था मिलाउन समेत भनेको छ । समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
यसअघि समितिले दिएको निर्देशन कडाइका साथ पालना गर्न पनि भनेको छ ।
यसअघि दुई वटा बैठकले विपद्सम्बन्धि विभिन्न निर्णय गर्दै समितिले सरकारलाई निर्दशन दिइसकेको छ । गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भएको बैठकले राज्यका सबै निकायको समन्वयमा नागरिकका लागि चाहिने आवश्यक वस्तु र सेवा सहज रुपमा उपलव्ध गराउन समेत निर्देशन गरेको छ ।
विपद्बाट प्रभावित क्षेत्रमा रोगव्याधि फैलिन नदिनका लागि सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्न तथा पिडितको आवश्यक औषधोपचारको व्यवस्था गर्न समेत समितिले सरकारलाई भनेको छ ।
पहिरो पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनिकरणका सवालमा गम्भीर हुन समेत समितिले सरकारलाई आग्रह गरेको छ ।
समितिले मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध रोक्नका लागि आवश्यक कदम चाल्दै पीडितलाई न्याय प्रदान गर्नसमेत निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस