काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खाली आयुक्तका तीन पदमा नियुक्त हुन दौडधुप सुरु भएको छ। अख्तियारमा प्रमुखसहित पाँचजना आयुक्त रहने व्यवस्था छ।
प्रमुख आयुक्त नवीनकुमार घिमिरे यसै साता बिदा भएका छन्। त्यसअघि नै आयुक्तका खाली दुई पदमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भागबन्डा नमिल्दा नियुक्त हुन सकेको थिएन। तत्कालीन प्रमुख आयुक्त दीप बस्नेत कार्यकाल सकिएर बाहिरिएका थिए भने आयुक्त राजनारायण पाठकले सेवाग्राहीसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि राजनीनामा दिएका थिए।
अख्तियार भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक अंग भए पनि राजनीतिक भागबन्डाका आधारमा आयुक्त नियुक्त गरिने हुँदा नेकपा र कांग्रेस निकटका पूर्वप्रशासक आयुक्त बन्न दौडधुप गरिरहेका छन्। संवैधानिक आयोगका पदाधिकारी संवैधानिक परिषद्ले सिफारिस गर्ने कानुनी व्यवस्था छ। बाहिर संवैधानिक परिषद्ले सिफारिस गरेको देखिए पनि भित्रीरुपमा भागबन्डा हुने गरेको छ। यसरी भागबन्डा हुँदा संविधानले दिएको जिम्मेवारी निर्वाह हुन नसकेको टीकाटिप्पणी पनि हुँदै आएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेसलाई एक आयुक्तको आश्वासन दिएका छन्। दुई आयुक्त नेकपा र एक आयुक्त कांग्रेसले पाउने निश्चितजस्तै भएपछि नियुक्ति खान पूर्वप्रशासकहरु नेताको दैलो चहार्न व्यस्त बनेका छन्। अहिले नै तीन आयुक्त नियुक्ति गर्न कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीलाई प्रमुख आयुक्त बनाएपछि मात्र बाटो खुल्छ।
नेकपा कोटाका दुई आयुक्तमध्ये एकमा प्रधानमन्त्री ओलीको चाहनाअनुसार पूर्वगृहसचिव प्रेमकुमार राईलाई लैजाने निश्चितजस्तै भएको नेकपाका नेताहरु बताउँछन्।
थप एक कोटाका लागि अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल, पूर्वसचिव रामकुमार आचार्य, पूर्वगृहसचिव सूर्य सिलवाल, पूर्वकानुनसचिव राजीव गौतमलगायत दौडमा छन्। आफूअनुकूलको आयुक्त बनाउन दलका नेतादेखि शक्ति दलाल समूहसमेत लबिङमा उत्रिएका छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस