काठमाडौं-सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)का संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो ।
त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए । जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए ।
सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी ‘हुस’ले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।
‘हामीले कोभिड–१९ को संक्रमण रोक्नका धेरै धैर्य ग-र्यौं तर केही नलागेपछि १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थियो । सरकारको निर्णयको स्वागत गर्दछौं ।’
दसैंमा घर फर्केनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो ।
यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।
सरकारले यातायात व्यवसायी र यात्रुलाई समेत मध्यनजर गरेर अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको र यस विषयमा थप जानकारी दिने एक मन्त्रीले बताए । भाडा दरको विषयमा केही जानकारी सार्वजनिक भएको छैन । व्यवसायी र यात्रु दुवैलाई सहज हुने गरी भाडादर तोकिने भएको छ ।
हाल उपत्यकामा जोर-बिजोर लागु गरेर सार्वजनिक यातायातसमेत सञ्चालन भएका छन् ।
नेपालमा यात्रुवाहक र मालवाहक सवारी साधनमा १० खर्ब बढी लागनी रहेको बताइन्छ । जसमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७० प्रतिशत बढी रहेकाले व्यवसायी मर्कामा परेको बताउँदै आएका थिए ।
यसमा आश्रित मजदुरले समेत रोगले भन्दा भोकले मर्न लागेको भन्दा सरकारलाई दबाब दिएका थिए । यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरको अवस्था नाजुक बनेको बताउँदै आएका छन् । ३ लाख यात्रुवाहक सवारी साधनमा २० लाखबढी आश्रित रहेको बताइन्छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस