काठमाडौं-शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । यो समाचार आहाजो राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ ।
अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ ।
यसैगरी, गोंगबु क्षेत्रमा दुई साताअघि भएको छुरा प्रहारको घटनामा पक्राउ परेका एक व्यक्तिलाई संक्रमण देखिएपछि गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा खटिएका महराजगन्ज प्रहरी वृत्तका ३९ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको कर्तव्य नै आफू जोखिममा परेर पनि देश र जनताका पक्षमा सावधानी अपनाएर खटिनुरहेको बताए ।
‘अहिलेको अवस्थामा संक्रमणको जोखिम प्रहरी संगठनमा बढी छ । गाडी, बाटो, भीड, दुर्घटना तथा रेस्क्युमा पहिले प्रहरी नै पुग्नुपर्छ, त्यहाँ संक्रमण कसलाई छ या छैन, हेरिँदैन । पहिले काममा ध्यान दिइन्छ, त्यो कर्तव्य हाम्रो हो,’ प्रहरी प्रवक्ता कडायतले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस