काठमाडौं-प्रत्येक वर्ष २२ भदौमा मनाइने ‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा तय गर्छ । काम भने अर्कै हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ।
समाचार अनुसार २०७७ को नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ तय गरिएको छ । यो नारा राजनीतिक नभई प्रशासनिक नेतृत्वबाट तय गरिँदै आएको छ । आफैंद्वारा तय नारा व्यवहारमा उतार्न भने प्रशासक असफल देखिएका छन् ।
दिवस मनाउन थालिएको १७ वर्ष भयो । यस अवधिमा सरकारले सेवाप्रवाह, सुशासन र समृद्धिका नारा लगाउन भने छोडेको छैन । सेवाप्रवाह झनै कमजोर हुँदै गइरहेको छ ।
‘सुशासन’ नारामै सीमित छ । ‘सेवाप्रवाह र सुशासन’ हात्तीको देखाउने ‘दाँतजस्तै बनिदिँदा समृद्धि यात्रा झनै टाढिँदै’ गएको प्रशासनका जानकारको विश्लेषण छ ।
सुशासनको नारा लगाउन नथाक्ने निजामती प्रशासनमा आबद्ध सयौं कर्मचारी बर्सेनि ‘घुस प्रकरण’मा पक्राउ परिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस