बाग्लुङ्ग – बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।
बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पु¥याएको छ । मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।
ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन् ।
यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी स्थानको सडक बगाएको छ ।
क्षति हुनेमा ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना प्राथमिक विद्यालयको तीन कोठा भएको भवन, सोही वडाको सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालयको तीन कोठे भवन पूर्ण क्षति भएको छ । यस्तै ९ नम्बर वडाकै लाकुरीबोटस्थित लाकुरीबोट स्वास्थ्य एकाइकोे दुई कोठे भवनमा क्षति पु¥याएको हो । यस्तै भुजीखोला लघु जलविद्युत्का पाँच शाखासहित ११ लघु जलविद्युत्, विभिन्न स्थानका ११ झुोलुङ्गे पुल, पाँच ढलान पुल र १० काठेपुलमा क्षति पु¥याएको नगरप्रमुख नेपालीले जानकारी दिनुभयो । अन्य क्षतिग्रस्त संरचनाको लगत संकलन भइरहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस