काठमाडौैं-नेकपामा विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेको छ । त्यसैअनुसार दुई अध्यक्ष ओली र प्रचण्ड भदौमसान्तभित्र मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका छन् ।
‘सम्भवत यही महिनाभित्र मन्त्रिपरिषद् पुनगर्ठन हुन्छ ।’ सचिवालयका एक नेताले बताए । राष्ट्रियसभा सदस्यसँगै नेता गौतमले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी लिने चाहना राखेका छन् ।
गौतम निकट एक नेता भन्छन्, ‘उहाँ सरकारमा गए अर्थमै जानुहुन्छ, नत्र जानुहुन्न ।’ स्रोतले बताएअनुसार गौतम सांसद हुनका लागि मात्रै राष्ट्रियसभामा प्रवेश गरेका होइनन्, उनी राम्रो मन्त्रालय जिम्मा लिने दाउमा छन् ।
गौतमले प्रधानमन्त्री ओलीसामु स्वतन्त्र हैसियतको शक्तिशाली विकास निर्माण प्राधिकरणको प्रमुख हुने चाहना पनि व्यक्त गरेका थिए । प्राधिकरण गठनका लागि आफूले प्रस्ताव बुझाए पनि बेवास्ता गरिएको भन्दै गौतम प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका थिए ।
तर, अव सरकारमा गएर प्रभावकारी काम गर्ने गौतमले इच्छा व्यक्त गरेका छन् । खतिवडालाई आर्थिक सल्लाहकार वा महत्वपूर्ण मुलुकको राजदूतमा व्यबस्थापन गर्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् । गौतम उपप्रधानमन्त्री भए उपप्रधानमन्त्री एवं रक्षामन्त्री इंश्वर पोखरेलको पद धरापमा पर्नेछ ।यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस