काठमाडौँ-सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ ।
सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको ठेक्का पाउन मिलेमतो गरिसकेका ‘भाग्यमानी’ तिनै ठेकेदार हुन् जसले पुल, सडक र सिँचाइको परियोजना अलपत्र पारेका छन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
इनरुवाबाट झापाको काँकडभिट्टा जाने रेलको ठेक्का पाउने मिलेमतो गरिसकेका रवि सिंहको कम्पनीले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको कन्काई नदीको पुल १० वर्षदेखि अलपत्र पारेको छ ।
चार वर्षभित्र सम्पन्न गर्ने गरी ०६८ जेठमा सिंहको महादेव खिम्ती र पप्पु कन्स्ट्रक्सनले ३४ करोडमा ठेक्का लिएका थिए । तर, एक दशकसम्म पुलको प्रगति ४९ प्रतिशत मात्रै छ । देशको दुर्भाग्य !
सात सय २४ मिटर लम्बाइको पुल समयमा बनाउन नसकेर अलपत्र पारेको सिंहकै कम्पनीले अर्को कम्पनी मैनाचुलीसँग मिलेर सरकारकै हस्तक्षेपमा इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणमा पनि दुई अर्ब १० करोडको ठेक्का पाउँदै छ । रवि सिंह अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष छन् ।
हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा गौरीगन्ज र झापागाउँपालिका जोड्ने पुल ०७२ जेठ मसान्तभित्रै निर्माण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पुलका पिलर बनाउनेबाहेक अरू काम भएको छैन ।
सम्झौताको म्याद सकिएपछि दुई वर्षका लागि ठेक्काको समय थप गरिएको थियो, तर थपिएको म्याद सकिएको पनि दुई वर्ष बितिसकेको छ ।
सिंहसँग सहकार्य गरिरहेको पप्पु कन्स्ट्रक्सनले देशभरि दर्जनौँ आयोजना अलपत्र पारेपछि सरकारले कालोसूचीमा राखेको छ । त्यसैले गत वर्षदेखि महादेव खिम्तीले मात्रै काम गरिरहेको छ । तर, सिंहले पनि मदन अधिकारीको मैनाचुली निर्माण सेवालाई पेटी ठेक्का दिएको हुलाकी सडकका इन्जिनियर नन्दकुमार गुप्ताले बताए ।
सिंहसँगै उनले पनि रेलमार्ग निर्माणमा एक अर्बभन्दा माथिको ठेक्का पाउने मिलेमतो भइसकेको छ । ठेक्का लिने र अलपत्र पार्नेमा उनी चर्चित छन् । उनकी पत्नी गीता अधिकारी दमक नगरपालिकाको उपमेयर छिन् ।
हुलाकी सडकका इन्जिनियर गुप्ताका अनुसार पेटी ठेक्का लिएका अधिकारीले पनि सन्तोषजनक काम गरेका छैनन् । समयमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा दैनिक जोखिम मोलेर डुंगामा नदी वारिपारि गर्न बाध्य छन् ।
‘नदी ठूलो हुन्छ । बर्खामा नाउ लगाउनुपर्छ । खोलाले नाउ बगाएर लान्छ कि भन्ने त्रास सधैँ हुन्छ । छेउमै रहेको पुलको पिलर हेरेर नाउ कुदाउँदै आएका छौँ,’ माईनदीमा डुंगा चलाउँदै आएका ईश्वर माझीले भने, ‘हिउँदमा हामीले नै बाँसको पुल बनाउने गरेका छौँ । त्यहाँबाट हिँड्न पैसा उठाउनुपर्ने बाध्यता छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस