काठमाण्डौँ -झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठजना छन् ।
दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट राखेर चौकी इन्चार्ज सुत्छन् । बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ ।
टिनले बारेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बारेको शौचालय बेलाबेलामा हावाले उडाइदिन्छ ।
गौरीगञ्ज–४ स्थित सीमा प्रहरी चौकी खजुरगाछीका प्रहरी एककोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । पुरानो भएको भान्साघरको टिन छियाछिया छ ।
पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्,’ गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी भन्छन् ।
शौचालयको सेफ्टीट्यांकी भत्किएको छ । पानी पर्दा भरिएर शौचालय गइनसक्नु हुन्छ । त्यो पनि भान्साछेउमै छ । ट्युबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, प्रहरी ।
यस्तै, तनहुँको गजरकोट प्रहरी चौकीका ६ जना प्रहरी खोल्साको पानी पिउन बाध्य छन् । उनीहरू देउराली खोल्साबाट ल्याएको पानी पिउँछन् । चौकी इन्चार्ज असई देमबहादुर बानियाँका अनुसार नजिकै खानेपानीको धारा छैन ।
पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्
सिराहा कल्याणपुर–१२ बेल्हास्थित चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ ।
भारत सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय वर्षा सुरु भएसँगै जलमग्न हुन्छ । ५० वर्ष पुरानो भवनमा प्रहरी बसेका छन् ।
चौकी इन्चार्ज सइ शैलेन्द्र यादव भन्छन्, ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ ।’ सदरमुकाम सिराहाकै वडा प्रहरी कार्यालय ‘ख’ राखिएको नेपाल टेलिकमको भवनमा वर्षामा पानी चुहिन्छ ।यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस