जनकपुर- कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमित कुनै प्रकारको दिर्घ रोगी नरहेको डा. सिंहले स्पष्ट पारे । संक्रमितलाई प्रादेशिक अस्पतालको जेनरल अस्पतालमा आएका थिए । संक्रमित जेनरल आइसीयुमा रहेकोले मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक बसेको डा. सिंहले बताए ।
प्रदेश नम्बर २ मा अहिलेसम्म एक दर्जनको मृत्यु भइसकेको छ ।
रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस