काठमाडौं- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको आजको राजधानी दैनिकले समाचार छापेको छ।
समाचार अनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।
उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्युटीमा फर्किसकेका छन् । बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ,’ सैनिक प्रवक्ता पौड्यालले राजधानीसँग भने यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नियमित ड्युटीमा फर्किएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस