काठमाडौं-१० साउन ०७५ मा कञ्चनपुर भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसको भोलिपल्ट भीमदत्त–१८ निम्बुखेडास्थित उखुबारीमा उनको शव फेला पर्यो । तर, प्रहरीको एकपछि अर्काे गल्तीले रुमल्लिएको यो हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । बरु थप अनुसन्धान नै ठप्प बनेको छ ।
हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायरा मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई गति दिने प्रहरी तयारी छ । यस्तै, अनुसन्धान निचोड नै बाझिएकाले पनि मुख्य आरोपित दिलीपसिंह विष्टलाई पक्राउ गर्न प्रहरीले आँट गरेको छैन ।
विष्टतिरै सोझियो अनुसन्धान
प्रहरी स्रोतका अनुसार अहिले मुद्दा खेपिरहेका प्रहरीले औँल्याएका अभियुक्त दिलीपसिंह विष्टकै नजिक पछिल्लो अनुसन्धान पुगेको छ । निर्मलाकी आमाले विष्टविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरमा माघ ०७६ मा बुझायो । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि प्रहरीलाई १७ बुँदे निर्देशन दिएको थियो । सोहीअनुसार प्रहरीले थप विवरण तयार पारेको छ, जसमा दिलीपले नै निर्मलाको हत्या गरेको पर्याप्त प्रमाण रहेको प्रहरी स्रोत बताउँछ ।
तर, पहिले दिलीपलाई नै पक्राउ गर्दा प्रमाण नष्ट गरेको र यातना दिएको भनेर मुद्दा दायर भएकाले एउटै घटनामा पहिलेको अभियोगसँग बाझिने अर्काे मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले अनुमति नदिएको स्रोत बताउँछ । ‘प्रहरीविरुद्धको मुद्दा अदालतबाट टुंगिएपछि मात्र अब यो मुद्दा प्रक्रिया अगाडि बढ्छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।
सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सइहरू रामसिंह धामी र हरसिंह धामी तथा जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको बताउँदै ‘सार्वजनिक न्यायविरुद्धको कसुर’ मुद्दा दायर भएको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका छन्, तर मुद्दा किनारा लागेको छैन ।
दिलीपसिंहलाई यातना दिएर अपराध कबोल गर्न लगाइएको उल्लेख गर्दै एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा निरीक्षक खड्काविरुद्ध अर्काे मुद्दासमेत चलाइएको छ । निर्मलाका हत्याराका रूपमा प्रहरीले ४ भदौ ०७५ दिलीपसिंहलाई सार्वजनिक गरेको थियो । डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस