काठमाडौँ -नेकपाभित्रको शक्तिसंघर्ष झन् उत्तेजक अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिएका छन् । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी रहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार राष्ट्रपति विद्या भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले साँझ ७ देखि सवा ८ बजेसम्म मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।
ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको भन्दै ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ (वचन र कर्म)बाट त्यसको सामना गर्ने सन्देश दिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि समेत आफ्नो निरन्तरता अपरिहार्य रहेकोसमेत मन्त्रीहरूलाई ब्रिफिङ गरेका छन् । ‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर देशलाई कमजोर हुन्न दिन्नँ भन्नुभएको छ ।’
बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन र महिला, बालबालिका, समाजकल्याणमन्त्री पार्वत गुरुङले बोलेका थिए । कृषिमन्त्री भुसालले पहिलो विश्वयुद्धका वेला एउटै पोस्टर देखाएर जर्मनी र फ्रान्सलाई उत्तेजित बनाइएजस्तै परिवेश अहिले नेकपामा देखिएको विश्लेषण सुनाएका थिए ।
‘युरोपमा पुँजीपतिहरूले त्यतिवेला पोस्टर छापेर वितरण गर्थे । त्यसमा लेखिएको हुन्थ्यो– हत्यारा हुन्, तिनीविरुद्ध उठ, जाग अब रक्तपातका लागि तयार होऊ । तर, त्यो को हो भन्ने ठाउँ खाली राखिएको हुन्थ्यो । जर्मनहरूले खाली ठाउँमा ‘फ्रेन्च’ भर्थे, फ्रेन्च हत्यारा हुन्, तिनीविरुद्ध उठ भन्ने सन्देशसहित पोस्टर वितरण गर्थे । उता फ्रेन्चहरूले त्यही खाली ठाउँमा ‘जर्मन’ थपेर जर्मनहरू हत्यारा हुन्, तिनीहरूविरुद्ध रक्तपातका लागि तयार होऊ भनेर आह्वान गर्थे,’ कृषिमन्त्री भुसालको भनाइ थियो ।
भुसालले ओलीलाई अनुरोध गर्दै भने, ‘अहिले नेकपामा पनि खाली ठाउँ भएको पोस्टर आएका छन्, तपाईंहरूले एक–अर्काको नाम भरेर प्रचार गरिरहनुभएको छ । प्रधानमन्त्रीलाई समाप्त गर्न लागे, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन थाले, अब अन्तिम प्रतिरोध गरौँ भनेर तपाईं लाग्नुभएको छ । कृपया दुवैतर्फबाट उन्माद नियन्त्रण गरौँ, संवादबाट समस्या समाधान गरौँ ।’
उर्जामन्त्री वर्षमान पुनले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा कित्ता स्पष्ट गर्नुस् भनेर आह्वान नगर्न ओलीलाई आग्रह गरे । ‘तपाईं देशको प्रधानमन्त्री हो, पार्टीको पहिलो अध्यक्ष हो, तपाईंले नै लौ कित्ता क्लियर गर भनेर नभन्नुस्, पार्टीलाई एकीकृत बनाउन के गर्न सकिन्छ भनेर पहल गर्नुहोस्, संवादले निकास दिन्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस