काठमाडौं-सत्तारूढ नेकपामा जारी संकट समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलले दुईबीचको आपसी तिक्तता हटाएको नेताहरूले बताएका छन् ।
छलफलले ठोस निकास निकाल्न नसके पनि दुवै अध्यक्ष सहमतिको मिलनबिन्दुको खोजी गर्न सहमत भएको आजको राजधानी दैनिकले समाचार छापेको छ।
यद्यपि, शुक्रबारको बैठकमा दुवै जना आआफ्नो अडानबाट टसमस भएनन् । सहमतिको मिलनबिन्दु खोज्नकै लागि शनिबार पुनः दुई अध्यक्षबीच बैठक बस्नेछ ।
शुक्रबार ३ घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् । अर्का अध्यक्ष दाहालले दुईमध्ये एक पद छोड्दा समस्या समाधान हुने बताए पनि ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।
अध्यक्षद्वयले पार्टी एकताका क्रममा सहमति हुँदाका दुई साक्षी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई सँगै राखेर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आफू सत्यको पक्षमा हुँदा पनि घेराबन्दीमा पारिएकाले सत्यको पक्षमा अन्तिम समयसम्म लडिरहने र सत्यको जित हुने भन्दै प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेका थिए । तर, दुवै नेता आआफ्नै अडानमा रहेकाले शनिबार बिहान पुनः बैठक बस्ने गरी छलफल सकिएको एक नेताले बताए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले गत ४ मंसिरमा भएको सहमतिअनुसार अगाडि बढ्न दाहाललाई आग्रह गरेका छन् । गत ४ मंसिरमा ओलीले सरकार र दाहालले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले ४ मंसिरमा भएको सहमतिअनुसार दुवै जना अगाडि बढेमा जारी संकट समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
अर्का अध्यक्ष दाहालले ४ मंसिरमा भएको सहमतिलाई पनि ओलीले नटेरेका कारण समस्या आएको भन्दै गुनासो गरेका थिए । दाहालले पछिल्लो सहमति लागु गर्न पनि ओलीले आलटाल गरेको बताएका थिए । दाहालले अहिले परिस्थित धेरै अगाडि बढिसकेकाले सो सहमतिअनुसार अगाडि बढ्न नसकिने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसकेको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष पद नछोड्दा आइपर्ने जुनसुकै चुनौती सामना गर्न पनि आपूm तयार रहेको बताए । प्रचण्डले पनि २ जेठ २०७५ मा भएको सहमतिको प्रसंग स्मरण गराएका थिए । सो सहमतिमा दुई अध्यक्षले आधाआधा समय सरकारको नेतृत्व गर्ने भनिएको थियो तर पछि सचिवालय बैठकले सो सहमति खारेज गर्दै ओलीलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्न दिने र पार्टी प्रचण्डले चलाउने सहमतिसहितको निर्णय गरेको थियो । त्यसपछि पनि दुई अध्यक्षबीच विश्वासको संकट हुँदै आएकाले समस्या भएको स्थायी समितिका एक सदस्यले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस