काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा राष्ट्रिय सहमति कायम गरी नेपालको नक्सामा समावेश गरिएको भूमि कूटनीतिक माध्यममार्फत भारतसँग वार्ता गरी फिर्ता ल्याउनुपर्नेमा जोड दिइएको छ ।
बुधबारदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रियता, सार्वभौसत्ता, अखण्डताका विषयमा कोही कसैसँग सम्झौता हुनै नसक्ने र नेपालको भूमिमाथि कुनै पनि प्रकारको गतिविधि सह्य नहुने बताए ।
केही दिनअघि मात्रै सरकारले संविधान संशोधनमार्फत मिचिएको भूमिसमेत समावेश गरी अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमै समावेश गरिसकेको छ । “संविधानले नै निदृष्ट गरेको नेपालको भूमिलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने विन्दुसम्म पु¥याउनुपर्छ भन्नेमा स्थायी कमिटी सदस्यहरुको जोड रह्यो”, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा राखेका थिए ।
उनिहरुले संविधान संशोधनमार्फत मुलुकको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गरी त्यसलाई संविधानको अनुसूचीमा समावेश गरी भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक पहल भएको स्मरण गरे ।
उक्त कार्यको प्रशंसा गर्दै सदस्यहरुले मुलुकको राष्ट्रिय सार्वभौमिकता रक्षाको सन्दर्भमा कोसेढुङ्गा साबित भएको धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पुथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले राष्ट्रियता एवम् समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
शुक्रबार पनि सीमा अतिक्रमणको कार्यसूचीमा छलफल भएको थियो । अर्काे बैठक यही असार १६ गते ११ बजे बालुवाटारमा पुनः बस्नेछ । आइतबार मदन जयन्ती र सोमबार असार १५ रहेकाले बैठक १६ गतेका लागि राखिएको हो ।
आगामी बैठकको पहिलो चरणमा सीमासम्बन्धी तथा दोस्रो चरणमा कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुने जनाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भई स्वास्थ्यस्थिति अनुकूल नरहेको जानकारी दिएर निस्किएको प्रवक्ता श्रेष्ठले बताए ।
बुधबार पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो धारणा राखेर शुरु भएको बैठकमा बिहीबार र शुक्रबार सीमासम्बन्धी विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल भएको थियो ।
लामो समयपछि बसेको सत्तारूढ दलको स्थायी कमिटीको बैठकले पार्टीको आन्तरिक राजनीति एवम् मुलुकको समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
यस्तै, अमेरिकी सहयोग परियोजना (एमसिसी), कोरोना रोकथामलगायत विषयमा रहेको द्विविधालाई समेत सम्बोधन गर्न बैठक सफल हुने विश्वास लिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस