काठमाडौं-सभामुखले १७ असारसम्मका लागि संसद् बैठक स्थगित गरेपछि तत्काल अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको चाहनामा ब्रेक लागेको समाचार आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।
समाचार अनुसार संसद्को चालू अधिवेशनमा १६ असारअगाडि नै अनुमोदन गरेर एमसिसी कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना थियो । तर, मंगलबार सभामुखले १७ असारसम्मका लागि संसद् बैठक स्थगित गरेपछि तत्काल एमसिसी कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको चाहनामा ‘ब्रेक’ लागेको हो ।
एमसिसी देशहितमा भएको भन्दै यसलाई पास गर्न प्रधानमन्त्री ओलीले संसद्को चालू अधिवेशनमा शृंखलाबद्ध अभिव्यक्ति दिएका थिए ।
यतिसम्म कि प्रधानमन्त्री ओलीले पढ्दै–नपढी एमसिसीको विरोध भएको भन्दै सांसदहरूप्रति असन्तुष्टिसमेत जनाएका छन् । सत्तारुढ दल नेकपाभित्र भाँडभैलो भए पनि प्रधानमन्त्री विनासर्त एमसिसी अनुमोदनको पक्षमा छन् । र, उनले अनुमोदन गर्ने–नगर्ने विषय संसद्को भएकोसमेत बताएका छन् ।
पछिल्लोपटक प्रधानमन्त्रीले ४ असारमा राष्ट्रिय सभा बैठकमा अध्ययन नै नगरीकन एमसिसीको विरोध भएको भन्दै असन्तुष्टि पोखेका थिए । अध्ययन नगरीकन मान्छेहरू हल्लाका पछि दगुरेको उनको आरोप थियो । एमसिसीको विरोध गर्नेलाई उक्त सम्झौता खोजेर पढ्नसमेत उनको सुझाब थियो ।
‘एमसिसी पढेको मान्छे मैले भेटिनँ । एमसिसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा पनि हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर, हातले टेकेर खुट्टा ठाडा पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ त्यो पढेर ठीक–बेठीक यहाँ–यहाँ छ भनेर भन्नुचाहिँ एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो भन्या छन् । कहाँँ पढ्छन्, के पढ्छन् ! अचम्म लाग्छ मलाई,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘कागले कान लग्यो भन्दाखेरि लाँदा त दुख्छ होला नि, दुख्या छैन भने होइन होला भन्ने थाहा पाउनुपर्यो नि पहिले । दुख्या छैन तैपनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नुप¥यो नि कान छ कि छैन भनेर । दुख्यो–दुखेन पनि वास्ता नगर्ने, छ कि छैन पनि नछाम्ने ! अनि लहैलहैमा कुद्ने ! यो प्रवृत्ति बडा अचम्म लाग्छ मलाई !’
अहिले सडकलगायत जताततै यही विषयमा विरोध भएको भन्दै उनले सबैलाई सम्झौता पढ्न सुझाएका थिए । ‘अहिले सडकको पनि विषय बनेको छ । अन्तको पनि विषय बनेको छ । पढे हुन्थ्यो नि सम्झौतामा के लेखेको छ । कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ? हामी देशका सर्वाेच्च जनप्रतिनिधिमूलक संस्थाका सदस्यहरू हौँ । हामीले इतिहासमा दर्ज हुने गरी बोल्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस