काठमाडाैं – १० वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सर्तअनुसार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको न्याय हेल्थ नामक गैरसरकारी संस्थाले प्रस्तावित चरिकोट अस्पतालमा बिरामीसँग पैसा असुल्ने गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटलाई अमेरिकी दातृ निकायको सहयोगमा १० वर्षसम्म निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने भनिए पनि न्याय हेल्थले उल्टै बिरामीसँग पैसा असुलेको तथ्य खुलेको हो ।
गत १३ जेठमा हात भाँचिएर अस्पताल आएका दोलखा शैलुङ गाउँपालिका–४ का फुर्वा तामाङलाई धरौटी भन्दै न्याय हेल्थले १० हजार रुपैयाँ लिएको छ । सो संस्थाले उपलब्ध गराएको रसिदमा लेखा प्रमुख गोपी श्रेष्ठको हस्ताक्षर छ ।
श्रेष्ठले स्वास्थ्य सेवा प्रमुखको निर्देशनमा आफूले बिरामीसँग पैसा लिएको स्विकारे । हात भाँचिएर अस्पताल पुगेका तामाङलाई सुरुमा जिल्लामा उपचार नहुने भन्दै काठमाडौं जान सुझाएको अस्पताल प्रशासनले १० हजार रुपैयाँ खर्च गरे उपचार हुने बताएपछि उनी रकम बुझाएर भर्ना भएका थिए ।
दातृ निकायको सहयोगमा वर्षौंदेखि निस्शुल्क सेवा दिँदै आएको संस्थाले एकाएक बिरामीसँग रकम असुलेपछि दोलखामा आलोचना सुरु भएको छ । लकडाउनका वेला पनि एकैचोटि ३७ जना स्वास्थ्यकर्मी हटाउने निर्णय गरेर विवादमा आएको अस्पतालमा स्वास्थ्यकर्मीहरू निरन्तर आन्दोलनमा छन् ।
प्रस्तावित चरिकोट अस्पतालका मेडिकल निर्देशक एवं न्याय हेल्थ दोलखाका स्वास्थ्य सेवा प्रमुख डा। विनोद दंगालले भाँचिएको हातमा पाता राख्नुपर्ने भएकाले खरिद गर्न रकम लिएको स्विकार गरे ।
सामग्री किन्न लिएको रकम किन न्याय हेल्थको रसिद प्रयोग गर्नुभयो भन्ने प्रश्नमा डा।दंगालले गल्ती भएको स्विकारेका छन् । उनले अस्पतालले व्यावहारिकताका आधारमा बिरामीलाई सहज हुने गरी काम गरेको दाबी पनि गरे । अस्पतालमाथि धेरै बिरामीसँग रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस