एजेन्सी – कोरोनाभाइरस लकडाउनका कारण रेष्टुरेन्ट बन्द छन् र मानिसहरु घरभित्र बस्न बाध्य छन् । यसका कारण विभिन्न प्रकारका परिवर्तन देख्न पाइएको छ । यीमध्ये दुई परिवर्तन यस्ता छन् –एक त मुसाले आफ्नो खानाको नयाँ स्रोतको खोजी गर्न सुरु गरेको छ र अर्को उनीहरुको व्यवहारमा परिवर्तन आएको छ ।
युएस सेन्टर्स फर डिजीज कन्ट्रोल (सिडिसी को तर्फबाट गत हप्ता जारी गरिएको चेतावनी अनुसार खानाका लागि भड्किरहेका मुसाको व्यवहार असामान्य र रिसाहा हुनसक्छ ।
चेतावनीमा बताइए अनुसार रेष्टुरेन्ट बन्द हुँदा ‘मुसाले पर्याप्त खाना पाइरहेको छैन, विशेषगरी व्यवसायिक इलाकामा ।’
सिडिसीले थपेको छ, ‘मुसा साधारणतया यसै स्थानमा पाइने खाना र फोहोरमा निर्भर हुन्छन् ।’
खानाको नयाँ स्रोतको खोजीमा मुसा अब यताउता भड्किन थालेको छ र यसै कारण संसारभरी अब उनीहरुलाई सार्वजनिक रुपमा धेरै देखिन थालेको छ ।
न्यू ओरलिन्सको फ्रेन्च क्वार्टर एउटा उत्कृष्ट उदाहरण हो । फेब्रुअरीमा यहाँ हज्जारौंको संख्यामा मानिसहरु एकजुट भएका थिए जो ज्याज क्लब, बार र रेष्टुरेन्ट गए । तर केही हप्तापछि भाइरसको संक्रमणका कारण लुइसियानाका टुरिस्ट डेस्टिनेशनलगायत मनोरञ्जन क्षेत्रका लगभग सबै स्थान बन्द गर्नुपर्यो ।
त्यसैकारण मुसा आफ्नो स्थानभन्दा बाहिर गए । अमेरिकाका अन्य शहर जस्तै वासिङ्टन र न्यूयोर्कको पनि हालत यस्तै छ ।
अमेरिकाका प्रमुख रोडेन्टोलोजिस्ट रोबर्ट कारिगनका अनुसार मुसाको यो रिसाहा व्यवहार मानिसप्रति नभई अन्य मुसा र सम्पत्ति प्रति हो किनभने मुसाहरु आफ्नो खानाका लागि यताउती भड्किनु परिरहेको छ ।
बीबीसी न्यूज ब्राजिलसँगको कुराकानीमा उनले भने, ‘यसको अर्थ यो हो कि उनीहरुले मानिसहरुमाथि हमला गर्दैनन् वा टोक्दैनन् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस