काठमाडाैं – गैरदलित युवतीलाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ युवकको ज्यान जाने गरी भएको घटनामा चार गाउँका बासिन्दा संलग्न रहेको पाइएको छ । प्रहरीको अनुसन्धान तथा स्थानीय बासिन्दाका अनुसार सोतीलगायत चार गाउँका बासिन्दाले नवराजसहितका युवालाई लखेटेका थिए ।
१० जेठ साँझ जाजरकोटको खलंगाबाट छिमेकी साथीहरू सञ्जु विक र गणेश बुढामगरसहित १० जनालाई लिएर नवराज गएका थिए । १० किलोमिटर टाढा भेरी नदीको धल्ला पुल पुगेपछि नवराजकै आग्रहमा भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार र उनका साथी गोविन्द शाहीसहित नौजना थपिएका थिए । भेरीको धल्ला पुलमा जम्मा भएका उनीहरू डेढ घन्टा उकालो हिँडेर युवतीको गाउँमा पुगेका थिए ।
ad
युवतीको घरनजिक पुगेपछि त्यहाँका बासिन्दाले चिन्छन् भन्दै ज्याकेट फेरेर पछाडि लागेको घाइते सुदीप खड्काले बताए । तर, उनीहरू युवतीको घर नपुग्दै उनकी आमाले ‘तँ फेरि आइस्, पहिले कुटेकाले पुगेन, अब त मरेर जान्छस्’ भन्दै गाली गरेको सुदीपले बताए । गाली गर्न थालेपछि आमाले थाहा पाएको भन्दै त्यहाँबाट फर्किएको उनको भनाइ छ । त्यसपछि उनीहरू पहिलेको बाटो छोडेर अर्को बाटो फर्किन ओरालो झरेका थिए ।
त्यहाँबाट करिब एक किलोमिटर तल झरेर उनीहरूले नाउलो (कुवा)मा पानी खाएका थिए । त्यहीँ घर भएका विनोद मल्लबारे सोधिखोजी गर्दै मोबाइल नम्बरसमेत मागेका थिए ।
त्यहाँबाट पनि हिँडेपछि ‘पानी खाएर जाऊ’ भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले अलमल्याएको सुदीपले बताए । घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूलाई युवतीको घरबाट त्यहाँसम्म पुग्न ४५ मिनेट लागेको थियो । त्यसपछि चार गाउँका बासिन्दा आएर लखेट्न सुरु गरेको प्रहरीले जनाएको छ ।
गाउँ नै फर्किएपछि उनीहरू त्यहाँबाट भागे । सोती गाउँबाट करिब तीन किलोटिमर तल गैरीज्युला गाउँको सिरानको सडकमा पुगेका थिए । त्यहाँ पनि स्थानीय बासिन्दा आएपछि करिब पाँच सय मिटर परको झोलुंगे पुल तर्न खोजेको थिए । त्यही पुल भएर जाजरकोटकै कालेगाउँ पुगिन्छ ।
तर, पुलतर्फबाट पनि गाउँले नै आएपछि उनीहरू घेराबन्दीमा परेका प्रहरी अनुसन्धानमा देखिएको छ । घटनामा घाइते भएका गोविन्द सुनारले भने, ‘सडकको दुवैतर्फबाट ढुंगा प्रहार हुन थाल्यो ।
ज्यान जोगाउन भागाभाग भयो । को कता गयो ? कसले कति कुटे ? केही थाहै भएन ।’ ढुंगामुढाले आक्रमण हुन थालेपछि सडकमुनिको मकैबारीतिर भागेको उनले बताए । केही स्थानीय बासिन्दाका अनुसार नवराज र उनका केही साथीहरू त्यहीँ समातिएका थिए ।
त्यहाँबाट पनि भागेका युवकहरू करिब ५० मिटर तलको भेरी नदी तरेर पारि जान खोजेका थिए । भँगालो कटेर बीच बगर र पारि पुगेकालाई पनि कुटपिट गरिएको पाइएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजान्ने महेश कार्की र डिल्ली विक नदी किनारमै रोकिएका थिए । १० जना नदीमा पसेका थिए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस