धनगढी – नयाँ निर्देशिका बेवास्था भन्दै सेती प्रादेशिक अस्पताल धनगढीले ६ कोरोना संक्रमितलाई निको नहुँदै डिस्चार्ज गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।
संक्रमितहरू निको नभए पनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले नयाँ निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइनमा बसेको र कुनै लक्षण नदेखिएकाले संक्रमितलाई डिस्चार्ज गरिएको बताए ।
यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । लक्षण नदेखिएको र अन्य स्वास्थ्य समस्या पनि नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने व्यवस्था नयाँ निर्देशिकामा छ ।
अस्पतालले डिस्चार्ज गरे पनि घर जाने व्यवस्था नहुँदा अलपत्र परेपछि उनीहरूलाई बेलुका पुनः अस्पतालमै राखिएको छ । सम्बन्धित जिल्लासम्म पुर्याउने व्यवस्था नभएपछि प्रि–आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ । नयाँपत्रिका दैनिकले खबर लेखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस