चितवन – चितवनमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई विभिन्न समस्या भएको छ । लकडाउनका कारण उपचारमा हुने ढिलाइ र होटल तथा रेस्टुराँ बन्द हुँदा बिरामीका साथै आफूहरूले पनि अस्पतालबाहिर बसेर पालो कुर्नुपरेको कुरुवाहरूले बताएका छन्
केही कुरुवाले अस्पतालबाहिरै बिरामीलाई सुताएर सडक किनारामा खाना पकाउनुपर्ने बाध्यता रहेको बताएका छन् । बिरामीलाई खाना बनाउन र खुवाउनुपर्ने र कपडा धुनुपर्ने भएपपिन राम्रो र सुरक्षित ठाउँ नहुँदा खुला ठाउँमा खाना पकाएर खानुपर्ने बाध्यता रहेको कैलालीबाट आफन्तको उपचारका लागि चितवन आएका राम चौधरीले बताए ।
अस्पतालमा आएका बिरामी र कुरुवा खुला चौरमा खाना पकाएर खाने र रातमा अस्पतालको पिँढीमा सुत्ने गरेका सप्तरी राजविराजका बालेश्वर रामले बताए ।
अस्पतालको ढिलासुस्तीले बिरामीलाई समस्या परेको रुकुमका वसन्त मल्लले बताए। अस्पतालले भने कोरोनाभाइरसका कारण सीमित जनशक्तिका आधारमा काम गर्नुपर्दा उपचारमा केही ढिलो भएको हुन सक्ने बताएको छ।
अस्पतालका अध्यक्ष डाक्टर निर्मल लामिछानेलेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार नै केही स्वास्थ्यकर्मीलाई आकस्मिक जगेडामा राखिएको बताए। बीबीसी नेपाली सेवा ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस