दोलखा – दोलखामा रहेको चरिकोट अस्पतालमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी हटाइएको छ । लकडाउनको समयमा बजेट अभाव भएको बहाना बनाएर स्वास्थ्यकर्मी हटाएको विरोधमा तीन दिनदेखि अस्पताल तनावग्रस्त छ ।
२०७२ माघदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको सहकार्यमा न्याय हेल्थ नेपालले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार अस्पताल सञ्चालन गर्दै आएको छ । एक सय ३० भन्दा धेरै स्वास्थ्यकर्मीमध्ये ३७ जनालाई कोरोना महामारीका वेलामा हटाइएको हो ।
सेवाबाट हटाइएका स्वास्थ्यकर्मीले नेपाल सरकार र न्याय हेल्थबीच भएको सम्झौताअनुसार अस्पताल चल्नुपर्ने, अस्पतालभित्र यातायात, खाना, खरिदलगायतका शीर्षकमा व्यापक अनियमितता भएको भन्दै निष्पक्ष छानबिन गर्न सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
स्वास्थ्यकर्मीले मापदण्डविनै कर्मचारी हटाएको र तल्लो तहका कर्मचारीलाई विभेद र दुर्व्यवहार गरेको भन्दै न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख रहेका अस्पतालका मेडिकल निर्देशक विनोद दंगालको राजीनामा माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस