नयाँदिल्ली – भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् ।
“जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,” अधिकारीहरूले भनेका छन् ।
त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।
विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ ।
तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो ।
भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस