जाजरकोट – रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।
टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।
योसँगै मृतकको संख्या पाँच पुगेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो।
बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीय सुवर्ण रोकायले बताए।
यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए। अस्पतालले पोष्र्टमार्टमको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन।
जिल्ला प्रहरी कार्यालयले भने पोस्टमार्टम रिपोर्ट हेरेपछि मात्र भन्न सकिने जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस